सन् १९३७ मा जन्मिएका ईश्वरवल्लभकाे पूरा नाम ईश्वरवल्लभ भट्टराई हाे । उनका आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (२०२९), एउटा सहरको किनारामा (२०३१), समान्तर (२०३८), कस्मै देवाय (२०४२), धूवाँको जङ्गल (२०६०, कवितासङ्ग्रह), केही भूमिकाहरू (२०३१), सोचको मायामठ (निबन्धसङ्ग्रह, २०५७) आदिजस्ता कृतिहरू प्रकाशित छन् । वल्लभ मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री पदक, प्रेस काउन्सिल सम्मान, विद्वद्वृत्ति लगायत पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । 

माथि आकाश हेर्नु छ
क्षितिज छुनु छ
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन !
यदि छ भने उसलाई बोलाउनु छ
फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ
साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ
बिहानको सखार पनि देखिएन
ओरालो पनि छैन
कता गए ती बस्तीहरू ?
कता गए ती आफन्तहरू ?
यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

ईश्वरवल्लभ

लेखकबाट थप...

सम्बन्धित समाचार