वैशाख ३०, २०८० काठमाडौँ — कथाकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा’ (मान्छेका पदछापहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा पापो, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङबुङ, प्राज्ञ अमर तुम्याङ, बरिस्ठ गायक भगत सुब्बा 'लाजेसा याक्थुङबा', भूपू मन्त्री तथा लेखक श्रीप्रसाद जबेगु, इतिहासकार, लेखक कृष्ण विक्रम नेम्बाङ, कियाचु ललितपुर जिल्ला अध्यक्ष क्या टंक जबेगु, उपाध्यक्ष आशा नेम्बाङ, शुभराज थाम्सुहाङ, यालेस उपत्यका कोषाध्यक्ष मनमाया वनेम, लगायतले शनिबार कियाचु संघीय भवन ललितपुरमा आयोजित समारोहमा लोकार्पण गरेका हुन् ।


 


किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा लोकार्पण गरिएको हो । सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित सङ्ग्रहमा १२ वटा कथा सङ्ग्रहित छन् । मातृभाषा साहित्य सिर्जना क्षेत्रमा केही दशक अगाडिदेखि क्रियाशील साहित्यकार लोवाको यसअघि ‘तङअम्भुङ’ २०६७ र ‘याग्राङसिङ’ २०७३ कविता सङ्ग्रह प्रकाशित छन् भने तङ्अम्भङ्ले इमानसिङ् चेम्जोङ पुरस्कार पाइसकेको छ ।



कथा सङ्ग्रह माथि कवि स्वप्निल स्मृति, कवि भिमा खजुम मुसुम र साहित्यकार मलिसा याक्थुङबाले समीक्षा गरेका थिए । लोकार्पण कार्यक्रममा खगेन्द्र माखिम, सागर सुब्बा, राम मादेन, टेक लावती, रेश्मा लिम्बू, यादन सेर्मा, थाकुहाङ मेरिङ, धनवीर साँबा, हाङ चेम्जोङ, सागर केरुङ, मञ्जु थेगिम, मेनका योङया, सन्जित फलाना, उत्तम तुम्सा, उदय नेम्वाङ, दिपेन्द्र लोवा, राजा माबो, प्रेम खजुम, कला सेर्मा, स्वास्तिका तुम्सा लिम्बू , अर्जुन योङ्या, लोकेन साँबा, सुशील बोखिम, इक्साहाङ चेम्जोङ, सरु माङ्मु, मनु थक्लुङ, मनु पाहिम, जेपी नेम्बाङ, बच्चु हिमाङ्सु, रोशन यक्सो लगायतका विशिष्ठ व्यक्तित्वहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रममा इन्दिरा नेम्बाङले स्वागत मन्तव्य राखेकी थिइन् भने  सञ्सचारकर्मी विष्णुमाया सिंगककाे सञ्चालन रहेकाे थियाे  ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार