काठमाडौँ- याक्थुङ युवा मञ्च,ललितपुरद्वारा गायिका तथा रैथाने संगीतज्ञ झुमा लिम्बु सम्मानित भएकी छिन् । बत्तीसपुतली स्थित शिल्पी थिएटरमा आयोजित सम्मान कार्यक्रमसँगै कवि चन्द्रवीर तुम्बापोका कविता वाचन समेत आयोजना गरिएको थियो । बरिष्ठ साहित्यकार एवम् संस्कृतविद तुलसी दिवस प्रमुख अतिथि रहेको कार्यक्रममा याक्थुङ युवा मञ्च ललितपुरकी अध्यक्ष अरुणा आङ्बुहाङ्गको सभाध्यक्ष रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष अवजित लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने याक्थुङ युवा मञ्च,काठमाडौँको अध्यक्ष संगीता सुहाङ र केन्द्रीय सदस्य सुनिल आङ्बोले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिले बोल्ने क्रममा  रैथाने संगीतको उन्नयनको निम्ति लामो समयदेखि योगदान दिँदै आएकी गायिका झुमा लिम्बु सम्मानित हुनु आफैँमा महत्त्वपूर्ण रहेको र त्यसमा पनि आमन्त्रित कविलाई लेखकस्व/ पारिश्रमिक प्रदान गर्नु आफैँमा पृथक र अर्थपूर्ण रहेको बताएका थिए ।

संस्थाका सचिव उत्तम तुम्सा लिम्बुले सञ्चालन गरेको कार्यक्रममा सम्मानित स्रष्टा झुमा लिम्बूलाई नगद रु १५,००० (पन्ध्र हजार) र सम्मान पत्र प्रदान गरिएको थियो । 






 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार