प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

प्रकाश आङदेम्बे कला, साहित्य साधकका साथै निर्माता/निर्देशक हुन् । 

१. नदी र किनारहरू

दुई किनारहरूले सोचे
नदीले हामीलाई कहिल्यै मिल्न दिएन ।

अन्ततः
षड्यन्त्र गरेर उनीहरूले नदीको हत्या गरे

जति बेला नदीको हत्या भयो
ठीक त्यही बेला किनाराहरूको अस्तित्व पनि सदाका लागि समाप्त भयो ।

२. फिरफिरे

हागाँबाट चुँडायौ
मेरो भेट्नो छिनाल्यौ
शिर, पुछार निर्मम च्यात्यौ
तिखो हतियारले मेरो मुटुमा रोप्यौ 
अझ आँधी, हुरीतिर फर्काएर राख्यौ

त्यसपछि हो मैले गति लिएको
त्यसपछि हो म फिरफिरे जन्मिएको ।

३. बिडम्बना

ताल पुरानो भयो
ताल साँघुरो भयो
ताल बासी भयो
पानी गन्हायो
किरा पर्‍यो

यी 
सारा संरचना/व्यवस्था विरुद्ध 
अहसमति जनाउँदै
असन्तुष्टि पोख्दै
विद्रोह/क्रान्ति गर्न

एउटा माछा
पानी बाहिर निस्केर बगरमा पुग्यो। 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...

सम्बन्धित समाचार