यात्रा सिकाइकाे शिलशिला हाे । अनुभुतिकाे श्रृङखला हाे । हुन त यति छाेटाे मान्छेकाे चाेलाले आखिर याे ग्रहकाे कतिनै हिँडेर सक्ला र ? जसले जति हिँड्छ, हिँड्नुपर्ने जति हिँड्छ । थाह छैन एउटा मान्छेले आफ्नाे जीवनकालमा कति माइल हिँड्छ ? तर याे थाह छ, उसले जति हिँड्नुपर्छ । उ त्यति नै हिँड्छ । यात्राले हामीलाई उकालाे-ओरालाे सिकाउँछ । अनि जिन्दगीले आराेह-अवराेह । सबैले भनेजस्तै खासमा जिन्दगी यात्रा नै हाे । हामी हरेक दिन यात्रामा छाैँ । चाहे जीवनकाे हाेस् वा  समयकाे । हामी हर सेकेन्ड कसैको नजिक पुगिरहेका हुन्छाैँ । चाहे मृत्युको हाेस् वा गन्तव्यकाे । जे हाेस् हामी सबै यात्रामा छाैँ । यात्रालाई कसैले खिचेर राख्छन्,कसैले नखिचेर । आजकाे यस हिँड्दा-हिँड्दैकाे स्तम्भमा  उनै यात्री हाम्रो सहकर्मी सराेज थापाकाे यात्राले भेटाइदिएकाे लमजुङकाे तिनै सुन्दर भुजुङ्ग गाउँलाई क्रमशःयसरी राखेका छाैँ ।








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...