नयाँ दिल्ली - भारतमा आक्रोशित बाँदरहरूले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रूखका टुप्पामा लगेर बाँदरहरूले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरूको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो ।

जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरूको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रूखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरूले विद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।

कुकुर देख्नेबित्तिकै बाँदरले अग्लो रूखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् ।

आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पुर्याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।

बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए ।

स्थानीयका अनुसार बाँदरहरूले कुकुरमाथि अझै बदला लिइरहेका छन् ।

केही कुकुरहरूले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरूले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् ।

बाँदर देख्ने बित्तिकै उनीहरूले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार