काठमाडाैँ । विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा एक विशेष साइक्लिङ भेलाको आयोजना गरिने भएको छ ।

विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित कार्यक्रमको सुरुवात पाटन दरबार क्वायर ललितपुरबाट साइक्लिस्टहरूको जमघट गरिने छ । विहान ७ः३० बजेदेखि साइकल ¥याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, सुनधाराबाट अघि बढेर दरबारमार्गमा बिहान ८ बजेदेखि सभामा परिणत हुने छ । पैदल सडक प्रयोगकर्ता, सार्वजनिक सवारी साधन प्रयोगकर्ता तथा आम नागरिक समेत कार्यक्रममा सहभागी हुनेछन् । 

नेपालमा अत्यधिक निजी सबारी साधन, इन्धनको खपत, धुवा-धुलो, वायु प्रदुषण, व्यापार घाटा बढ्दै गइरहेको तथा आर्थिक संकटको भय देशमा व्याप्त भएकाे सन्दर्भमा देशका सम्पदा सहरहरूलाई साइकल तथा पैदलमैत्री दीगो सहरका रूपमा विकास गर्न सार्वजनिक प्रतिवद्धताको शुभारम्भ स्वरूप यस कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दरबारमार्गमा आयोजिक भेलालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीका साधै कलाकार दयाहाङ राई, नागरिक अगुवा डा. विद्यानाथ कोइराला, साइकल खेलाडी उषा खनाल, अजय पण्डित क्षेत्री लगायतका व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रमका संयाेजक डा. तारालाल श्रेष्ठले जानकारी दिए ।

स्थानीय निर्वाचन अघि साइकल संस्कृति स्थापनार्थ त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसमा विशेष कार्यशालाहरूको आयोजना गरि कीर्तिपुर साइकल घोषणापत्र २०७९ जारी गरेको थियो । त्यसलगत्तै उपत्यका भरिका नगरप्रमुख प्रत्यासी उम्मेदवारलाई काठमाडौ दरबारमार्गमा भेला गरि साइकल तथा पैदलमैत्री दीगो सहरी विकासका लागि प्रतिवद्धता जनाउन विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त प्रतिवद्धतालाई खबरहब डटकम लगायत मिडियाबाट प्रशारण गरिएको थियो । विश्व साइकल दिवसको अवसरमा नेपालमा यसभन्दा अघि पनि विविध कार्यक्रमहरू गरिँदै आएको थियो । यस वर्ष साइकलसँग जोडिएका विविध विषयहरूलाई स्थापित गर्न साइकल अभियानसँग संलग्न विभिन्न समूहहरूलाई एकिकृत गरि नीति निर्माण तहमै ठोस पहल गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । 

साइकल अभियानलाई प्राज्ञिक लगायत विविध बौद्धिक क्षेत्रसँग जोडेर साइकल बहुआयामिक मुदालाई सांस्कृतिक सामाजिक आन्दोलनकै रूपमा अढि बढाउनुपर्ने आवश्यकता बोध अघिल्ला कार्यक्रमहरूमा हुँदै आएको थियो । यसैको आधारशीलाबाट सञ्जाल निर्माण र कार्यक्रम सञ्चालन मुठ्ठीदानमार्फत आपसी सहकार्य र सहभागितामूल ढङ्गले अघि बढाइएको हो । राजधानी काठमाडौँलाई पहिलो प्राथमिकतामा राखी साइकल कल्चर मुभमेन्टको आयोजना र खबरहब डटकमको सहकार्यमा साइकल संस्कृति निर्माण अभियानको सुरुवात गरिएको छ । यसपछि आगामी कार्यक्रमहरू क्रमशः तय गरि सार्वजनिक गरिने छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार