भक्तपुर -  भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । उनका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकाेत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् । 

चाँंगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरि हुने उनले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार