एजेन्सी- काठमाडौँ उपत्यका विश्वकै अति प्रदूषित शहरको सूचीको चौथो स्थानमा पुगेको छ ।

विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ ।

काठमाडौँ सँगै बंगलादेशको राजधानी ढाका पनि अति वायु प्रदूषित सूचीको चौथो स्थानमा छ । यतिखेर ढाकाको एक्यूआई १५७ छ ।

साथै, अहिले भारतको राजधानी दिल्ली विश्वकै अति प्रदूषित शहरको पहिलो नम्बरमा छ भने, पाकिस्तानको लाहोर दोस्रो स्थानमा र भारतकै कलकत्ता तेस्रो स्थानमा छ ।

अहिले दिल्लीको युएस एक्यूआई २१० , लाहोर १८६ र कलकत्ताको १६३ रहेको छ । 

अमेरिकी मापदण्डअनुसार शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै उक्त स्थानलाई स्वस्थ मान्न सकिन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार