काठमाडाैँ । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र 'सुनौली रुपौली' निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।
चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम, साम्माङ्घु, चरिभन्ज्याङ, सुम्हारुलुङ, नाम्फुनयक, तिल्लिजङ, साधुटार लगायतका ठाउँको अध्यन अवलोकन भइरहेको उक्त चलचित्रका लागि निर्देशक हाङ चेम्जोङ्ले बताए । सागर केरुङ्को लेखन रहेको चलचित्रलाई भिम तुम्बाहाम्फे, पुर्ण सेलिङ र हाङ चेम्जोङ्को संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । हरेक माइतिहरुले आफ्नो चेलिको सुरक्षाको निम्ति माइती पक्षले लिइने रितलाई सुनौली रुपौली भनिन्छ । यिनै विषयमा चलचित्रको विषयवस्तु रहेको लेखक केरुङ्ले बताए ।
याक्थुङ फिल्मस प्रा.लि. द्वारा निर्मित चलचित्रमा उपयुक्त कलाकारको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ । सोमबार लोकेशन हन्टिङ सकिएको चलचित्रको आगामी असोजबाट छायांकन सुरु हुने बताइएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...