काठमाडौँ । रङ्गकर्मीहरुको उदगम स्थल भनेर चिनिने धरानमा केही वर्षयता नाटक मञ्चन लगभग बन्दकै स्थितीमा रहेको बेला पछील्लो समय भने नयाँ पुस्ताका रङ्गकर्मीहरुको सकृयता बढेको छ ।
केही बर्ष अघीदेखी भने धरानको रंगभुमी एकेडेमीले नाटय गतिबिधीलाई चलायमान बनाउदै आएकोछ । यही क्रममा यहि चैत्र २७ गते देखि रंगभुमी एकेडेमीकै आयोजनामा वैदेशिक रोजगारीमा गएको नेपाली तथा उनीहरुको परिवार र सिंगो समाजले बेहोर्नु परिरहेको परिवेश र स्थितीलाई यथार्थ चित्रण गर्ने नाटक 'बन्द बाकस 'मञ्चन हुनेभएको छ । लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाईँ’ लाई नाटय कथामा रुपान्तरण गरी निर्देशन गरेका निर्देशक मिलन चाम्लिङ राईले निर्देशन गर्ने 'बन्द बाकस ' धरान १० स्थित सैनिक भवनमा चैत्र २७ देखी बैशाख ३ गतेसम्म मञ्चन हुने निर्देशक राईले जानकारी दिए ।
तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुबेदीको ब्यावस्थापन रहने ‘बसाईँ’ नाटकमा हरी इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीयङ्का राई र इन्द्र राईको अभिनय रहनेछ । दैनिक ४ः३० बजेदेखि एक घण्टा २० मिनेटको सो रहेको छ भने टिकटको शुल्क तीन सय र दुई सय रहेको व्यबस्थापक तुलसा थापाले जानकारी दिए। मञ्चन हुने नाटक 'बन्द बाकस ' को हाल रंगभुमी एकेडेमीमा रियलसल भईरहेको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...