काठमाडौँ- मेघराज राईको नेपाली कथानक गीति चलचित्र 'मनको चोखो माया' सार्वजनिक भएको छ । यस गीति चलचित्रमा पुराना नेपाली चलचित्रका शैलीलाई नै कथा बनाएर प्रस्तुत गरिएको छ,  प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने पुराना नेपालि चलचित्रलाई आधार मानि यस गीति चलचित्रमा पनि गित र द्वन्दलाई नाटकीय ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोमा कुसुम गुरुङ, कबि राइ, रुपेश लामा र सुरज तमु मुख्य भूमिकामा छन् भने सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ्ग, संजिप योगी आदि सहायक भूमिकामा प्रस्तुत छन्।

अनिल सुब्बाद्वारा निर्देशित यस गीति चलचित्रलाई जे.डी. तमूले छायांकन र सम्पादन गरेका हुन भने मणि के राईले नृत्य निर्देशन गरेका हुन ।

 भिडियोलाई द नैसेन्स फ्याल्यांक्सले बनाएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार