काठमाडौँ- अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १९औँ संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म हुने भएको छ ।
महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विश्वभरका २८ देशबाट प्राप्त ६० भन्दा बढी फिल्महरु देखाइनेछ ।
यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ ।
स्थानीय र विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तनका प्रभावलाई कसरी कम गर्न सकिन्छ र मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् भन्ने विषयवस्तुमा आधारित फिल्महरु महोत्सवमा देखाइनेछ ।
किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण रहेनछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...