काठमाडौँ- लिम्बु भाषाको जागृतिमुलक गीत 'ईहूहू' को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।

सागर केरुङ्को शब्द र संगीत रहेको गीतमा नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन् । याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतलाई चन्द्रकला सावाले निर्माण गरेका हुन् ।

भिडियोमा क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु, शृङ्गार अमृता जबेगु, सम्पादन निस्चल आचार्य र मोनिकुमार ताम्लिङ्को एरेन्ज रहेको छ ।

जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासको जागरणको गीत निर्माण गरिएको याक्थुङ फिल्म्सका एमडि सागर केरुङ्ले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार