काठमाडौँ - कवि दीपा राई पुनको शब्द रहेको 'आमा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा आमाको ममता र आशिर्वादलाई किराँत राई समुदायले अत्यन्त महत्वका साथ मान्छन् भन्ने कुरा दर्शाउन खोजिएको गीतको भिडियोमा दयाहाङ राई, पशुपति राई र विश्वास राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन डीआर अटुले गरेका छन् ।

राजेश पायल राईको आवाज रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तथा कथा किरण चाम्लिङ राईको रहेको छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार