काठमाडौँ- लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र 'सुनौली रुपौली' बन्ने भएको छ ।

उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।

याक्थुङ फिल्मस् प्रालिले निर्माण गर्न लागेको  चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने चलचित्रलाई हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा  हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका छन् ।

छोरीचेलिको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतिले लिइने रीत सुनौली रुपौलीको बिषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ ।

भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङको अभिनय रहने र केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक चेम्जोङले बताए ।  



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार