फेदेन - सुजन आङ्देम्बेको 'लैबरी लैबरी' गीतको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । 

सुजन आङ्देम्बे  लिम्बुको आफ्नै युटुब च्यानलद्वारा सार्वजनिक भएको गीतको शब्द, संगीत र एरेन्ज सुजन आङ्देम्बेको नै रहेको छ भने सुजनलाई स्वरमा दिलु लिम्बुले स्वर दिएकी छन् ।

गीतमा इसाक जबेगुको छायांकन र सम्पादन, एलिना नेम्बाङ्को शृङ्गार रहेको छ भने निङ्वा नेम्बाङ, पुर्ण नेम्बाङ, सागर केरुङ लगायतको अभिनय रहेको छ ।

गीतको  भिडियो पाँचथरको ऐतिहासिक स्थल सिलौटी, लब्रेकुटी,माझिटार, सुम्हालुङ, सुकेपोखरी लगायत पर्यटकियस्थलमा छायांकन भएको हो ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार