काठमाडौँ- अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गरी एकैसाथ दुई रियालिटी शोको घोषणा गरिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो डान्स कप यूएसए-४’ र ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’को घोषणा गरिएको हो ।
 यी  दुबै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्न लागेको हो ।

शो जनवरीबाट सुरु हुने भनिएको छ । शोहरुको अडिसन भने नोभेम्बर २७ बाट शुरु गरिनेछ ।

 ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । 

यस्तै, ‘मेरो डान्स कप यूएसए–४’को निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छन् ।

नेपाली भाषा र संकृतिको संरक्षण र प्रवर्द्धन गर्दै रियालिटी शोमार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउन यी शोहरु गरेको  निर्माण टिमले बताएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार