काठमाडौँ - गायक उदय सोताङको नयाँ गित 'जोगी' सार्वजनिक भएको छ ।

गीतलाई लेख्ने, संगीत दिने र एरेन्जमेन्टको काम समेत उदयले नै गरेका छन् ।

गीतको भिडियोमा दयाहाङ राई , लिजम लेप्चा र उदय सोताङको समेत अभिनय हेर्न सकिन्छ ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

भिडियो 'उदय मनिला सोताङ अफिसियल' युट्युब च्यानलमा हेर्न सकिन्छ ।

गित सुर संगम स्टुडियोमा रेकोर्ड गरिएको हो ।  

भिडियोमा उदय सोताङलाई फरक भूमिकामा देख्न सकिन्छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार