काठमाडौँ- कमेडी च्याम्पियन २’ का उपविजेता विक्की अग्रवाललाई मातृशोक परेको छ ।

उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको हो । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन काठमाडौँ आएका थिए ।

विक्कीलाई काठमाडौँमै सेटल गराउन उनकी आमा दुर्गा काठमाडौँ आएकी थिइन् ।

दिउँसो ३ बजे आमालाई कोठामा छाडेर हिँडेका विक्कीले बेलुकी ७ बजे आउँदा उनलाई अचेत अवस्थामा पाएका थिए । अचेत अवस्थामा रहेकी आमालाई अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए ।

उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

विक्की भारतको सिक्किम निवासी हुन् । विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लागिसकेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार