पाँचथर- लिम्बु भाषाको गीत 'नुरिकाङ वयो' को छायांकन बिहिवार सम्पन्न भएको छ ।

पाँचथरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हारुलुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि द्वारा निर्माण भएको गीतमा शब्द , संगीत र स्वर मोनि ताम्लिङ, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

ओपेरा इन्टरटेन्मेन्ट युटुब चानलद्वारा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र  नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार