काठमाडौँ – दधि सुबेदीको ' जहिले नी रिसाउने' नामक म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।
अनिल सुब्बाको निर्देशनमा रहेको उक्त भिडियोमा बुगीवूगी नेपाल सिजन- १ का विजेता कविता नेपाली, द नेक्स्ट टिमका प्रदिप लामा, रंगकर्मी कवि राई, रुपेश लामा, सौजन सेनेहाङ लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ ।
द नेक्स्ट टिमको युट्युब च्यानलमा सार्वजनिक भएको उक्त भिडियोलाई प्रदिप लामाले कोरियोग्राफ गरेका छन् भने छायांकन र सम्पादन जेडी तमूले गरेका छन । भिडियोलाई मुख्य रूपमा नृत्यद्वारा प्रस्तुत गरिएको छ । त्यस्तै शुरू र अन्त्यमा विभिन्न हास्यात्मक संवाद तथा क्रियाकलापद्वारा बाँध्न खोजिएको छ । एकापट्टी मागेर लान नमान्ने केटा र अर्कोपट्टि भागेर जान नसक्ने केटीको प्रेमकथालाई सुब्बाले नृत्य र अभिनय दुबैतर्फबाट एकसाथ प्रस्तूत गरेका छन ।
कृष्ण ढकाल र समीक्षा अधिकारीको स्वरमा रहेको उक्त गीतमा तिलक बस्नेतको सङ्गीत रहेको छ भने रमेश सेन्चुरीले एरेन्ज गरेका छन् । गीतलाई मनकामना र सुरताल स्टुडियोमा रेकर्ड गरिएको छ ।
बाले आफूलाई अर्कै केटासँग बिहे गर्दिने कुरा सुनाइसकेपछि रिसाएकी केटीलाई फकाएको दृश्यदेखि गीत सुर हुन्छ । केटाले केटीलाई फकाउन सफल हुन्छ कि हुँदैन भन्ने कुरा थाहा पाउनको लागि भने पूरा भिडियो नै हेर्नुपर्ने हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...