लचित्र 'लप्पन छप्पन २' को ट्रेलर सार्वजनिक भएको छ । माहाशिवरात्रीको अवसर पारेर राईजिङ मल काठमाण्डौमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । एक्सनले भरिएको ट्रेलरमा पेरिसबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन फिल्मका प्रमुख पात्रहरुले गरेको षड्यन्त्र र संघर्ष देखाइएको छ ।

सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीको वरिपरी फिल्मको मुल कथा घुमेको ट्रेलरले प्रस्ट्याउँछ । अष्ट्रेलिया र नेपालमा छायांकन भएको फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र नेपाली,चाइनिज,हिन्दी,तामिल,तलेगु गरि पाँच वटा भाषामा देखाइने स्रोतले बताएको छ ।

नेपाली इन्डस्ट्री चलायमान बनाउन बलिउड, हलिउड वा अन्य ईन्डस्ट्रीको डिपेन्डेन्ट हुनुपर्छ भने हामी कति कमजोर रहेछौँ भन्ने प्रष्ट पारेको बताउँछन् कार्यक्रमका अतिथी एवं कलाकार निश्चल बस्नेत । चलचित्रको ट्रेलर सार्वजनिक गर्नु अघि ट्रिजर १,२ र एउटा गीत सार्वजनिक भइसकेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार