एजेन्सी - १ जनवरी, सन् १९५० मा मध्यप्रदेशको इन्दौरमा जन्मिएका इन्दौरीको वास्तविक नाम राहत कुरैसी हाे । इन्दौरको बासिन्दा भन्ने बुझाउन उनले ‘इन्दौरी’ उपनाम चयन गरेका थिए। उनका बाबुल रिफअत उल्लाह १९४२ मा सोनकछ देवास जिल्लाबाट इन्दौर आएका थिए । राहतको बाल्यकालको नाम ‘कामिल’ पनि रहेको बताइन्छ ।

राहतको बाल्यकाल निकै अप्ठ्यारोसँग गुज्रियो। उनी जन्मनुअघि उनको बाबु अटो रिक्सा चलाउने एवं मिलमा काम गर्ने गर्थे । दोस्रो विश्वयुद्ध सन् ९१९३९–१९४५० को असर भारतमा चरम आर्थिक मन्दीको अवस्था देखिएको थियो, सोही कारण उनको बाबुको जागिर गयो । बङ्गाल भोकमरीको समय आसपास उनको परिवारमा चरम गरिबी देखापर्यो । अवस्था यति धेरै खराब भयो कि राहतको परिवार कुनै समय घरबारविहीन समेत बन्न पुग्यो ।

बरकतुल्लाह विश्वविद्यालयबाट उर्दू साहित्यमा विद्यावारिधी गरेका इन्दौरीले करिब २० वर्ष उर्दू साहित्यको प्राध्यापन गर्थे । भोज विश्वविद्यालयले उनलाई उर्दू साहित्यमा पीएचडीको उपाधि दिएको छ ।

उर्दू भाषा र साहित्यकाका विद्वानमा रूपमा चिनिएका इन्दौरी मुस्लिम समुदायबाट आउँछन् र, सम्पूर्ण हिन्दुस्तानमा आफ्नो प्रभाव छोड्न सक्षम हुन्छन् । ‘भारत’ वा ‘इन्डिया’को साटो आफ्ना गीत एवं सेर सायरीमा ‘हिन्दुस्तान’ शब्द प्रयोग गर्नुले इन्दौरीले सम्पूर्ण ‘हिन्दुस्तान’लाई एकमुष्ट समेट्न या सम्बोधन गरेको पुष्टि हुन्छ । उनका आधा दर्जन बढी पुस्तकहरू प्रकाशित छन् ।

भारतीय समाजको विकृति, विसंगति र विभेदप्रति आफ्नो रचनामार्फत व्यंग्य कस्ने इन्दौरी आफू भने बारबार भारतीय समाजमा धार्मिक अल्पसंख्यक हुनुको पीडाले न्याकिइरहे। अनुहारको बनोट एवं रङको कारण समेत उनले आफ्नो जीवनमा साम्प्रदायिक दुराभाव दर्शाउने नानाथरी प्रतिक्रियाहरूको बारम्बार सामना गरिरहे।

यसैकारण पनि उनी आफ्नो सेर–ओ–सायारीमार्फत सदैव आगो ओकलिरहेको देख्न सकिन्छ। ‘बागी सायर या विद्रोही सायर’का रूपमा आफ्नो परिचय बनाएका इन्दौरीले सेर–सायारीको अलवा गीत लेखनमा आफ्नो पकड देखाएका छन्। इन्दौरीले मुन्ना भाई एमबीबीएस, मिनाक्षी, खुद्दार, नाराज, मर्डर, मिशन कास्मिर, करीब, बेगम जान, घातक, इश्क, जानम, सर, आशिन्या र तेरा आशिकलगायत फिल्मका लागि गीत लेखेका छन् । केही समयअघि काेराेनाका कारण उनकाे निधन भयाे । आज हामी यहाँ उनीद्वारा रचित केही गीतहरू पस्कन्छौँः

गीत– चोरी चोरी जब नजरें मिली

यो गीत सन् १९९८ मा आएको फिल्म ‘करीब’को हो। यस गीतमा अभिनेता बबी देवल एवं अभिनेत्री नेहा बाजपेयीले अभिनय गरेका छन्। यस गीतलाई कुमार सानु र संजीवनीले स्वर दिएका छन्।


गीत– ये रिश्ता

यो गीत सन् २००४ मा आएको फिल्म ‘मीनाक्षीः ए टेल अफ थ्री सिटीज’ मा समावेश गरिएको छ। यस गीतमा तब्बु एवं कुनाल कपूरले अभिनय गरेका छन्। यस गीतलाई राना भारद्वाजलाई स्वर दिएकी छन् ।


गीत– बुँम्बरो

यो गीत सन् २००० मा आएको फिल्म ‘मिशन कश्मीर’मा समावेश गरिएको छ। यस गीतमा अभिनेता हृतिक रोशन एवं अभिनेत्री प्रिती जिन्टाको कुशल अभिनय कौशल देख्न सकिन्छ। यस गीतलाई सुनिधि चौहान एवं संकर महादेवनले स्वर दिएका छन्।


गीत– निन्द चुराई मेरी किसने ओ सनम, तूने

यस सुपरहिट गीत सन् १९९७ मा आएको फिल्म ‘इश्क’मा समावेश गरिएको छ। यस गीतमा अभिनेताद्वय अजय देवगन र अमिर खान एवम् अभिनेत्रीद्वय जूही चावला र काजोलको सफल अभिनय कौशलता देख्न सकिन्छ। यस गीतलाई कुमार सानु एवं उदित नारायणले स्वर दिएका छन्।


गीत– दिल को हजार बार रोका रोका रोका।।

यो गीत सन् २००४ मा आएको फिल्म ‘मर्डर’मा समावेश गरिएको छ। यस गीतमा अभिनेत्री मल्लिका शेरावत एवं अभिनेता अश्मित पटेलले अभिनय गरेका छन्। यस गीतलाई अलीषा चिनोयले स्वर दिएकी हुन्।


गीत– दो कदम और सही

यो गीत सन् २००४ मा आएको फिल्म ‘मीनाक्षीः ए टेल अफ थ्री सिटीज’ मा समावेश गरिएको छ। यस गीतमा तब्बु एवं कुनाल कपूरले अभिनय गरेका छन्। यस गीतलाई सोनू निगमले आवाज दिएका छन्।


गीत– छन् छन्

यो गीत सन् २००३ मा आएको फिल्म ‘मुन्ना भाई एमबीबीएस’को हो। यस गीतमा ग्रेसी सिंहको कुशल अभिनय देख्न सकिन्छ। श्रेया घोषालले यस गीतलाई निकै अन्दाजमा गएकी छन्।


गीत– दीवाना दीवाना

यो गीत सन् १९९६ मा आएको फिल्म ‘दर्द’मा समावेश गरिएको छ। यस गीतमा अभिनेत्री जूही चावला एवं अभिनेता अरबाज खानले अभिनय गरेका छन्। यस गीतलाई अभिजीत एवं साधना सरगमले स्वर दिएका छन्।


गीत– मुर्शिद

राहत इन्दौरीले यो गीत सन् २०१७ मा फिल्म ‘बेगम जान’को लागि लेखेका थिए। यस गीतलाई अरिजित सिंहले निकै मिठो अन्दाजमा गाएका छन्।


गीत– आज हमने दिख का हर किस्सा

यो गीत सन् १९९३ मा आएको फिल्म ‘सर’को हो। यस गीतमा पूजा भट्ट एवं अतुल अग्निहोत्रीले अभिनय कुशलता देखाएका छन्। यस गीतलाई कुमार सानु एवं कविता कृष्णमूर्तिले स्वर भरेका छन्।


 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार