काठमाडाैँ - लोकदोहोरी गायक सुकदेव अधिकारीले आफूले आवाज दिएका गीतहरूलाई दर्शक/श्राेताले मन पराएका कारण छोटो समयमा धेरै गीत गाउने अवसर पाएको बताएका छन ।
द मार्जिन मिडियासँगको कुराकानीमा गायक अधिकारीले संगीत क्षेत्रमा अवसर र चुनौती दुवै रहेको पनि बताए । बाहिरबाट हेर्दा अरूले पनि कति राम्रो गीत गाउने, नाच्ने, गीत लेख्ने काम भन्नुहुन्छ, उनले भने संगीत भनेको जति डुब्दै गयो उति नै जटिल विधा हो । त्यसैले कहिलेकाहीँ सोचेजस्तो नहुन पनि सक्छ । तर, निरन्तारता र मेहनेत गरे कुनै क्षेत्रमा सफल हुन सकिने बताए । अधिकारीले पछिल्लो समय डिजिटल बजार नै कलाकारहरुका लागि आम्दानीको स्रोत भएकाले सांगीतिक बजारमा प्रतिस्पर्धा पनि तीव्र रहेको बताए । उनले एउटा गीतलाई राम्रो बनाउनमा सर्जकदेखि सम्पूर्ण टिमबीच असल सहकार्य हुनुपर्ने आवश्यकता औल्याए ।
उनले भने, 'म्युजिक भिडियो राम्रो बनाउनका लागि निर्माता, संगीतकार, गायक गायिकाको केमेस्ट्री मिल्दा नतिजा पनि राम्रो आउने त हो नि ।' गायक अधिकारीले कल्ले बोलायो, छम्की देऊ पानी लगायतका गीतले सांगीतिक क्षेत्रमा राम्रो सफलता पाएको भन्दै खुसी व्यक्त गरे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...