काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को फिनालेका लागि उत्कृष्ट चार प्रतियोगीहरू छानिएका छन् । 

हिजो शुक्रबार भएको सेमिफाइनलमा चारै कोचका एक(एक प्रतियोगी फिनालेका लागि छानिएका छन् भने चार प्रतियोगीले मञ्च छोडेका छन् । 

टिम दीपबाट गोभिन पुन र आर्यन तामाङ्गमध्येबाट आर्यन, टिम राजुबाट तारा श्रीश मगर सोनाम शेर्पामध्येबाट तारा, टिम तृष्णाबाट ज्वाला राई र अफ्रिता खड्गीमध्येबाट ज्वाला र टिम प्रमोदबाट किरण गजमेर र रवि गहतराजमध्येबाट किरण फिनालेमा पुगेका हुन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार