काठमाडाैँ - तमु गुरुङ कलाकार संघले कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका आफ्ना सदस्यहरूलाई राहत सामग्री वितरण गरेको छ ।
आइतवार संघको कार्यालय परिसरमा एक कार्यक्रको आयोजना गर्दै तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदको अध्यक्ष रेशम गुरुङ्ग र तमु गुरुङ कलाकार संघको अध्यक्ष शर्मिला गुरुङको प्रमुख आतिथ्यमा राहत सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा गुरुङ समुदायका ७० जना कलाकारहरूलाई राहत वितरण गरिएको छ । यस्तै गत असार १ गते लमजुङ्गको दोर्दीमा आएको बाढीका कारण घरबार विहिन बन्न पुगका तमु गुरुङ्ग कलाकारसंघका कोषअध्यक्ष निता गुरुङको बाबा-आमालाई समेत संघले आर्थिक सहयोग गरेको थियो ।
राहतको निम्ति कला संगीतलाईलाई माया गर्ने विभिन्न शुभचिन्तकहरू र कलाकार संघबाटै सहयोग उपलब्ध भएको कोभिड व्यवस्थापन समितिका संयोजक गायक गणेश गुरुङले जानकारी दिए ।
कार्यक्रममा तमु गुरुङ कलाकार संघका कार्यसमिति सदस्यहरूलाई बधाइ शुभकामना सहित प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
यस्तै कार्यक्रममा तमु गुरुङ कलाकार संघका सस्थापक अध्यक्ष राजु गुरुङको जन्मदिन समेत परेकोले सम्पूर्ण कलाकारहरुले जन्मदिनको शुभकामना सुभेक्षा प्रकट गरे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...