काठमाडाैँ - “Unleash Your Dramatic Colors” स्लोगनसहित थेम्स थिएटर क्लब टिटिसी "We Act Out" ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताको अपेक्षा सहित दोस्रो अनलाइन नाट्य मनोवाद प्रतियोगिता २.० शुरू गरेको छ ।

गत वर्ष सफल रूपमा सम्पन्न भएको पहिलो नाट्य मनोवाद प्रतियोगिताले दिलाएको हौसला र उर्जालाई आत्मसाथ गर्दै काेराेनाले उत्पन्न विषम परिस्थितिले सुस्ताइरहेको नाट्य कार्यहरूमा हौसला मिल्ने र रंगकर्मी, फिल्मकर्मी कलाकार लगायत सम्पूर्णको समयको सदुपयोग हुने अपेक्षा सहित यो प्रतियोगिता शुरू गरिएको क्लबकि संयोजक रक्षा थापाले बताइन् ।

विगत ५ वर्षदेखि थेम्स इन्टरनेसनल कलेजको एक Interest Bas Club भएर यात्रा शुरू गरेको क्लबले थिएटर भिलेज नेपालसँगको सहकार्यमा नाट्य कार्यशाला र नाटक मञ्चनसमेत गरिसकेको छ ।

प्रतिगोगिताकी संयोजक अदिती खनालका अनुसार गतवर्षको प्रतियोगिताले कलाकार रंगकर्मीहरूसँग जोडिने माैका दिएकाले त्यसैलाई निरन्तरता दिन देश विदेशका कलाकार रंगकर्मी र नाटकलाई माया गर्ने सम्पूर्णलाई एकै ठाउँमा जोड्न तथा जोडिन दोस्रो मनोवाद प्रतियोगिता लिएर आएको बताइन् । 

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका सम्पूर्ण को समय सदुपयोग गर्ने उद्देश्यसहित शुरू भएको यो प्रतियोगितामा १८ वर्ष माथिका जो कोही नेपाली तथा विदेशीले पनि सहभागिता जनाउन सक्नेछन् |
प्रतियाेगिता "Theatre Monologue Contest 2.0 को नाममा सञ्चालन हुनेछ । कुनै व्यक्ति, जाति, वर्ग, लिङ्ग, धर्म तथा सम्प्रदायलाई ठेस नपुग्ने तथा संवेदनशील विषयवस्तुहरू समावेश नगरिकन बनाइएको प्रतियोगीहरूबाट प्राप्त भएको भिडियोको आधारमा उत्कृष्ट तीन जना प्रतियोगीलाई पहिलो २० हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार रुपैयाँको पुरस्कारद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगिताको निर्णायक मण्डलीमा रंगकर्मी एवम फिल्मकर्मी विजय बराल, दिया मास्के र दिलिप रानाभाट रहनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई NUTS ABOUT NUTS को तर्फबाट रु ३००० बराबरको गिफ्ट ह्याम्पर्स, HÉMPKOO को तर्फबाट उत्कृस्ट एक प्रतियोगीलाई गिफ्ट ह्याम्पर साथै सम्पूर्ण प्रतियोगीलाई १० प्रतिशत बराबरको डिस्काउन्ट, EVIVEZ को तर्फबाट सम्पूर्ण प्रतियोगीलाई १० प्रतिशत बराबरको डिस्काउन्ट कुपन साथै FQ3 FOOD को तर्फबाट उत्कृष्ट एक प्रतियोगीलाई रु १००० बराबरको फुड कुपन प्रदान गरिनेछ थेम्स थिएटर क्लब मुख्य आयोजक रहेको यो प्रतियोगितामा थेम्स इन्टरनेसनल कलेज मुख्य प्रायोजक एवं सहआयोजक रहेको छ भने प्रतियोगितालाई Nuts About Nuts, HEMPKOO, EVIVEZर FQ3 FOOD को सहयोग रहनेछ ।



प्रतियोगिता सम्बन्धी विस्तृत जानकारीका लागि ००९७७-९८४२१५०९४८ मा फोन गरेर पनि लिन सकिनेछ । प्रतियोगिताका नियम तथा मापदण्डहरू निम्नअनुसार निर्धारणा गरिएका छन्ः 

१. प्रतियोगितामा देश विदेशका प्रतियोगीले भाग लिन पाउने छन्

२. प्रतियोगी १८ वर्ष भन्दा माथिको हुनुपर्ने छ

३. प्रतियोगिताको आवेदन दस्तुर नेपाली प्रतियोगीको लागि रु १०० र विदेशी प्रतियोगीको लागि ५ डलर रहेको छ । प्रतियोगीले सो रकम थेम्स थिएटर क्लब को ESEWA नम्बर ९८४२१५०९४८ तथा PAYPAL ID; [email protected] मा ट्रान्सफर गर्नु पर्ने छ ।

४. भिडियोको समयावधि २ मिनेटको रहनेछ

५. जुनसुकै भाषाको भिडियो पनि लिइने छ तर नेपाली अंग्रेजी र हिन्दी भाषा बाहेकका अन्य प्रतियोगीले सबटाइटल भने अवश्य राख्नुपर्ने छ ।

६. टिकटकमा बनाइएका भिडियोलाई मान्यता दिइने छैन

७. भिडियोको भिजुअल र अडियो मज्जाले हेर्न र सुन्न सकिने हुनुपर्ने छ भिडियो सिंगल शटमा खिचेको हुनु पर्ने छ । ब्याकग्राउण्ड म्युजिक र भ्वाइस ओभर भने प्रयोग गर्न पाइने छ ।

८. भिडियो +९७७-९८६२१२९४३० नम्बर मा रहेको WHATSAPP र VIBERमा पठाउनु पर्ने छ

९. भिडियो पठाउदा प्रतियोगीले आफ्नो नाम, ठेगाना, र रकम ट्रान्सफर गरेको स्लिपको फोटो अनिवार्य पठाउनु पर्ने छ ।

१०. भिडियो बुझाउने अन्तिम मिति 31 July, 2021 रहेको छ ।

११. प्रतियोगितामा ड्रको अवस्था सिर्जना भएमा विजेता घोषणा गर्ने अधिकार थेम्स थिएटर क्लब र थेम्स इन्टरनेसनल कलेजसँग रहने छ ।

१२. भिडियोलाई थेम्स थिएटर क्लबको Instagram Page मा पोस्ट गर्ने अधिकार थेम्स थिएटर क्लब र थेम्स इन्टरनेसनल कलेजसँग रहने छ ।

१३. यो प्रतियोगिता Instagram: @thamestheatreclub @thamescollegekathmandu र Facebook Page: Thames Theatre Club, Thames International मा चल्नेछ ।

१४. शर्तहरू लागू हुनेछन्।

Contact: Email: [email protected] Instagram: @thamestheatreclub Facebook: Thames Theatre Club Via Call: +977-9842150948

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...

सम्बन्धित समाचार