काठमाडाैँ - चर्चित गायक नवीन गजमेरको 'मलाई बिगारयो रक्सीलेः मलाई बिगार्यो बोतल' बाेलकाे गीत भिडियो आइतबार सार्वजनिक भएको छ ।

सुरेश निरौलाले निर्देशन गरेको यस गीतको भिडियोमा रचना गौतम र एजेस पौडेलको अभिनय छ । जोगलाल तामाङ्गको संगीत संयोजनकाे गीतमा नवीन र धर्मेन्द्र सुनारको आवाज रहेको छ । भिडियोमा मोडेल रचना गौतमले कोरियोग्राफी पनि गरेकी छन् । गीत सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । गायक नवीनले पछिल्लो समय थुप्रै युवायुवतीहरू कुलतमा फसेकोले अमूल्य जीवनलाई रक्सीका कारण नबिगार्न आग्रह गर्दै आफूले जनचेतना फैलाउने उदेश्यका साथ उक्त गीतलाई बजारमा ल्याएको बताए । 

यसैबीच भारतको सिक्किम घर भएका गायक नवीन गजमेरले नेपालमै बसेर नेपाली गीत संगीतमा योगदान दिने बताएका छन । 'द मार्जिन मिडिया'सँग कुराकानी गर्दै गायक गजमेरले 'द भ्वाइस अफ नेपाल'को सिजन–३ मा आफूले थुप्रै नेपाली दर्शकहरूको माया पाएकाले दर्शकको हौसला र सहयोगकै कारण नेपाल छोड्न नचाहेको बताए । भ्वाइस अफ नेपालको सिजन–३ मा नक आउट चरणबाट बाहिरिएका गायक नवीन गजमेरले आफू जन्मिदा सिक्कममा जन्मिए पनि नेपाली दर्शक प्रतिको माया प्रगाढ बनाउन चाहेको बताए । उनले आफ्नो नशानशामा नेपालीपन र नेपाली गीतसंगीत कुदिरहेको बताएका छन् । गजमेरले आफ्नो जीवनको आगामी सांगीतिक यात्रा काठमाडौँलाई कर्मभूमि बनाएर अगाडि बढाउने योजना रहेको पनि सुनाए । उनी यसअघि भ्वाइस अफ नेपालको सिजन–२ मा पनि ब्लाइन्ड राउण्डबाट बाहिरिएका थिए । पच्चीस वर्षीय नवीन यतिबेला नयाँ गीतहरू बजारमा ल्याउने तयारीमा लागेका आफू व्यस्त भएको बताउछन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार