इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २१ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
बेथलहेम प्यालेस्टनाइनकाे नियन्त्रणमा
सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो । वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो । सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो । सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो ।
विमानभित्र बम बिस्फोट
सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम एयरको उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो । स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो ।
जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि
सन् १९६५ मा कुनै पनि प्रकारका जातीय विभेदको उन्मूलन गर्नेसम्बन्धी अन्तराष्ट्रिय महासन्धिमा हस्ताक्षर भएको थियो । सो सन्धी सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । सो सन्धिले संसारभर जात र रंगका आधारम हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो ।
रेडियमको आविष्कार
पोलोनियमको आविष्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रसायनिक तत्व रेडियम पत्ता लगाएका थिए । चाँदीजस्तो सेतो पर्दाथ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...