इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १८ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
अमेरिकामा दास प्रथा अन्त्य
सन् १८६५ को १८ डिसेम्बरमा अमेरिकी संविधानमा १३औं संशोधन भएको थियो । यो संशोधनले अमेरिकामा दासा प्रथालाई पूर्ण रुपमा निर्मूल गरेको थियो । त्यस्तै, १४ औं र १५ औं संशोधनले क्रमशः नागरिकको अधिकार र वर्ण,धर्म जात, जाति, लिंग आदिका आधारमा विना भेदभाव मतदान गर्ने अधिकार सुनिश्चित गरेको थियो ।
ट्रम्पलाई महाअभियोग
सन् २०१९ मा आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । पद दुरुपयोग गरेको र संसद अबरोध गरेको आरोप लगाउदै माथिल्लो सदनले उनीमाथि महाअभियोग लगाएको थियो । उनी संसदले महाअभियोग लगाएका तेस्रो राष्ट्रपति हुन् ।
विपक्षी दलका नेता राष्ट्रपति
सन् १९९७ मा दक्षिण कोरियामा विपक्षी नेता किम दाय जङ राष्ट्रपतिमा निर्वाचित भएका थिए । दक्षिण कोरियाको इतिहासमा विपक्षी दलको नेता राष्ट्रपतिमा निर्वाचित हुने किम पहिलो व्यक्ति हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...