इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १५ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

चीनलाई अमेरिकी मान्यता

सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो । जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि औपचारिक रुपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए । कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइवान सम्बन्धबारे पनि चासो दिएको थियो ।

अमेरिकी संविधानमा २१औं संशोधन

सन् १९३३ मा अमेरिकी संविधानमा २१औं संशोधन भएको थियो । संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो । सन् १९२० को १७ जनवरीमा १८ औं संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकामा बिल अफ राइट्स  

अमेरिकी संविधानमा भएका पहिलो १०संशोधनलाई बिल अफ राइट्स भनिन्छ । संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए ।

इराक युद्ध समाप्त

सन् २०११ को १५ डिसेम्बरमा इराक युद्ध औपचारिक रुपमा समाप्त भएको थियो । इराकमाथिको ८ बर्ष लामो युद्ध आजकै दिनबाट समाप्त भएको अमेरिकाले औपचारिक रुपमा घोषणा गरेको थियो । सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार