इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १४ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान

सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।

तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता

सन् १९६१ मा तान्जेनिया औपचारिक रूपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिका र जनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधिनमा थिए ।

दक्षिण ध्रुवमा पुग्ने सोभियत

सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औषत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।

सोभियत युनियन लीग अफ नेसनबाट निस्काशन

सन् १९३९ मा सोभियत युनियन लीग अफ नेसनबाट निस्काशन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्काशन गरिएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार