इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १३ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

सद्दाम हुसेन पक्राउ

सन् २००३ मा इराकका पाँचौ राष्ट्रपति तथा तानाशाह सद्दाम हुसनलाई टिक्रिटबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन गरिएको कारबाहीलाई अपरेसन रेड डान नाम दिइएको थियो । पक्राउपछि इराकको अन्तरिम सरकारलाई सुम्पिइएको थियो । उनलाई मानवताविरुद्धको अपराधामा मुद्दा चलाइएको थियो । उनलाई सन् २००६ को डिसेम्बरमा मृत्युदण्ड दिइएको थियो ।

भारतीय संसदमा हमला

सन् २००१ को १३ डिसेम्बरमा भारतको तल्लो सदन लोकसभामा अतिवादीले हमला गरेका थिए । आक्रमणमा अतिवादीसहित ४५ जनाको मृत्यु भएको थियो ।

चन्द्रमामा अमेरिकी यानको अन्तिम कार्यक्रम

सन् १९७२ मा अमेरिकी अन्तरिक्ष यान एपोलो १७  चन्द्रमामा पुगेको थियो । एपोल १७ चन्द्रमामा अवतरण अन्तिम तथा छैटौं कार्यक्रम थियो ।

न्युजिल्यान्ड पुग्ने पहिलो युरोपेली

सन् १६४२ मा नेदरल्यान्ड्सका अन्वेषक तथा व्यापारी अबेल तासम्यान न्युजिल्यान्डको दक्षिणी टापुको तटमा पहिलो पटक पुगेका थिए । तासम्यान  अस्टे्रलियाको टापु तासमेनियामा पाइला हाल्ने पहिलो व्यक्तिसमेत हुन् । तासमेनियाले नेदरल्यान्डका राजकुमारका लागि सो टापु दाबी गरेका थिए । यो टापु उनको नाममा राखिएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार