इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १२ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

अमेरिकामा समलिंगी मेयर

सन् २००९ मा अमेरिकाको टेक्सासको हुस्टनको मेयरमा समलिंगी मेयर निर्वाचित भएका थिए । एनिस पार्कर अमेरिकाकै सबैभन्दा बढी जनसंख्या भएको सहर हुस्टनको मेयरमा निर्वाचित भएका थिए ।

इटालीको बैंकमा शक्तिशाली बिस्फोट

सन् १९६९ मा इटालिको एउटा राष्ट्रिय बैंकमा बम बिस्फोट भएको थियो । बिस्फोटमा १७ जनाको मृत्यु र ८८ जना घाइते भएका थिए ।

बेलायतबाट केन्या स्वतन्त्र

सन् १९६३ मा केन्याले बेलायतबाट स्वतन्त्रता पाएको थियो । केन्या लामो समयसम्म बेलायतको अधिनमा थियो ।

अमेरिकी संविधान अनुमोदन गर्ने दोस्रो राज्य

सन् १९८७ मा पेन्सेल्भेनियाले अमेरिकी संविधान अनुमोदन गरेको हो । देशको संविधान अनुमोदन गर्ने पेन्सेल्भेनिया अमेरिकाको दोस्रो राज्य हो ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार