इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ११ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
युनिसेफको स्थापना
सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो । युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ ।
जर्मनी र इटालीविरुद्ध अेमेरिकाद्वारा युद्ध घोषणा
सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो । अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो ।
बेलायती राजाद्वारा राजगद्दी परित्याग
सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौँ बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न उनले राजगद्दी नै त्यागेका थिए ।
क्वेटो प्रोटोकलमा हस्ताक्षर
सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...