इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १० डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।
विश्व मानवअधिकार दिवस
सन् १९४८ मा राष्ट्रसंघले मानवअधिकारवारे विश्वव्यापी घोषणा अंगीकार गरेको थियो । घोषणामा मानिसहरुको आधारभूत अधिकारलाई विश्वव्यापी रुपमा संरक्षण गरिएको छ । घोषणा गरेको दिन १० डिसेम्बरलाई विश्व मानवअधिकार दिवस मनाइन्छ ।
पहिलो पटक नोबेल पुरस्कार वितरण
सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो । स्वीडेनका रसायनशास्त्री डा। अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।
मिसीसिपी अमेरिकाको २०औं राज्य
सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औँ राज्य बनेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...