इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ९ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
विफर उन्मुलन
सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो ।
बिफर रोग मूलतः हावाबाट सर्ने रोग हाे । सन् १७९६ मा बेलायतका वैज्ञानिक एडवर्ड जेनरले बिफर विरुद्धको खोप पत्ता लगाएपछि यसकाे उन्मुलन सम्भव भएकाे थियाे । इतिहासमा अहिलेसम्म दुई ओटा संक्रमित रोग मात्रै पूर्ण रूपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट उन्मुलन भएको घोषणा गरिएको थियो ।
तांगानिका स्वतन्त्र
सन् १९६१ मा तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटीशको शासनमा थियो । पूर्वीअफ्रिकाको महत्वपूर्ण क्षेत्र तागानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रुपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६४ मा पिुपुल्स रिपब्लिक अफ जान्जिवर र पेम्वा मिसिएर तांगनिया बनेको थियो । त्यसपछि सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तांगनिया भएको थियो ।
फ्रान्सको तल्लो सदनमा बिस्फोट
सन् १८९३ मा फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्वर अफ डिपुटिजमा बम बिस्फोट गराएका थिए । सो आक्रमणमा कोही घाइते नभए पनि उनलाइ मृत्युदण्डको सजाँय सुनाइएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...