इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ८ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
रोमानियामा प्रजातन्त्र
सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संविधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढलेपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।
प्यालेस्टाइनमा आन्दोलन
प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो । सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो ।
दोस्रो युद्धमा अमेरिकाको प्रवेश
सन् १९४१ मा अमेरिका औपचारिक रूपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।
राष्ट्रमन्डल घोषणा
सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...