इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ७ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

भाषा वैज्ञानिक नाेम चाेमस्कीकाे जन्मदिन

आज अर्थात् डिसेम्बर ७ का दिन पुँजीवादका सबैभन्दा मुखर बागी, अमेरिकी वैश्विक नीतिका कडा आलोचक, विख्यात दार्शनिक तथा भाषाशास्त्री 'नोम चोम्स्की'काे जन्म भएकाे थियाे । चोमस्कीको जन्म आजकै दिन १९२८ मा भयो ।

आफूले प्रश्न सोध्न बाहेक अर्थोक नजानेको भन्ने चोम्स्की १० वर्षकै उमेरमा स्पेनिस गृहयुद्धमा बार्सिलोना संलग्नताबारे लेख लेखेर आफ्नो बगावत यात्रा सुरु गरे । १ सय भन्दा धेरै पुस्तकका चर्तित लेखक, भाषाविज्ञान अध्ययनको एउटा पाटोका आरम्भकर्ता चोम्स्की अहिले संसारका १० शीर्ष इन्टलेक्चुअल (जसमा प्लेटो, एरिस्टोटल, मध्ये आठौँ स्थानमा पर्ने) चोम्स्की एकमात्र जीवित इन्टलेक्चुअल मानिन्छन् । सन् २००५ मा गरिएको एक भोटिङबाट उनी दुनियाँकै शीर्ष 'पब्लिक इन्टलेक्चुअल'का रूपमा समेत छानिएका छन् ।

अफगानिस्तानका पहिलो जननिर्वाचत राष्ट्रपति
सन् २००४ मा हमिद करजाइ इस्लाम गणतन्त्र अफगानिस्तानको पहिलो राष्ट्रपति बनेका थिए । इतिहासमै पहिलो पटक प्रत्यक्ष प्रजातान्त्रिक निर्वाचनमार्फत करजाई राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुरिनेमका सर्वसाधरणको नरसंहार
सन् १९८२ को डिसेम्बरमा दक्षिण अफ्रिकी देश सुरिनेमका १५ जना प्रख्यात व्यक्तिलाई सेनाले अपहरण गरी हत्या गरेको थियो । सेनाको तानाशाही शासनको विरोध गरेको भन्दै उनीहरूको हत्या गरिएको थियो । 

पर्ल हार्वरमा हमला
सन् १९४१ मा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

अमेरिकी संविधानलाई अनुमोदन गर्ने पहिलो राष्ट्र
सन् १७८७ मा डेलावारले अमेरिकी संविधानलाई पहिलो पटक अनुमोदन गरेको थियो । अमेरिकी संविधान पहिलो पटक अनुमोदन गरेका कारण डेलावारलाई अमेरिकाको पहिलो राज्य भनिन्छ ।

पूर्वी टिमोरमाथि अतिक्रमण
स्वतन्त्र घोषणा गरेपछि सन् १९७५ मा पूर्वी टिमोरालाई इन्डोनेसियाको फौजले अतिक्रमण गरेको थियो ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार