तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ६ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र
सन् १९७७ मा दक्षिण अफ्रिकाबाट बोत्स्वाना स्वतन्त्र भएको थियो । तर, वोत्स्वाना गणतन्त्रले कहिल्यै पनि अन्तर्राष्ट्रिय मान्यता पाउन सकेन । सन् १९४४ मा भएका शृंखलाबद्ध कुपछि यो दक्षिण अफ्रिकासँग मिसिएको थियो । 

पहिलो पटक बच्चाको मुटु प्रत्यारोपण

सन् १९६७ मा पहिलो पटक बच्चाको मुटुको सफल प्रत्यारोपण भएको थियो । दक्षिण अफ्रिकामा पहिलो पटक  विश्वमा नै पहिलो प्रत्यारोपणपछि अमेरिकामा पहिलो पटक बालकको मुटुको प्रत्यारोपण भएको थियो । डा. एड्रियन क्यान्ट्रोविज र उनको समूहले ब्रुकलाईनस्थित मिमोनाईड्स मेडिकल सेन्टरमा मुटु प्रत्यारोपण गरेको थियो । 

अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा

सन् १९२२ मा अ‌ाइरिस स्वतन्त्र राज्य घोषणा गरिएको थियो । ब्रिटीश र अ‌इरिस प्रतिनिधिबीच सन् १९२१ मा भएको एउटा सन्धीपछि डोमिनेशन अफ ब्रिटीश शासन स्थापना संभव भएको थियो । सो राज्य सन् १९३७ सम्म अस्थित्वमा अ‌ाएको थियो । 

 फिनल्यान्डको स्वतन्ता

सन् १९१७ मा फिनल्यान्ड स्वतन्त्र भएको थियो । उत्तरी युरोपेली देश फिनल्यान्ड सन् १८०९ मा रसियाली शासनको नियन्त्रणमा थियो । रसियाको अक्टोबर क्रान्तिपछि सोभियत युनियन खडा भएसँगै फिनल्यान्डको संसदले स्वतन्त्रता घोषणा गरेको थियो । 

अमेरिकामा दास प्रथा अन्त्य

सन् १८६५ मा अमेरिकी संविधानको १३ आ‌ै संशोधन भएको थियो । संशोधनसँगै अमेरिकामा दास प्रथा अन्त भएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार