इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् ।५ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
इजिप्टद्वारा अरब देशसँग सम्बन्ध तोडेको घोषणा
सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरूसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो । तत्कालिन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए । ती देशहरूको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए । सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए ।
क्रिगिज सोभियत समाजवादी गणतन्त्रको स्थापना
सन् १९३६ मा क्रिगिज सोभियत समाजबादी गणतन्त्रको स्थापना भएको थियो । क्रिगिज सोभियत रिपब्लिक सोभियत संघको गणतन्त्रको रूपमा स्थापना भएको थियो ।
अमेरिकामा मदिरामाथिको प्रतिबन्ध हट्यो
अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो ।
बेलायतको नागरिक साझेदार ऐन कार्यान्वयनमा
सन् २००५ मा बेलायतको नागरिक साझेदार ऐन २००४ कार्यान्वयनमा आएको थियो । संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...