तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

भोपालमा ग्यास दुर्घटना
भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तीमा २० हजारको मृत्यु भएको थियो । ग्यास चुहावटपछि भोपालका पाँच लाख मानिसहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको थियो । यसलाई विश्वकै सबैभन्दा खराब औद्याेगिक दुर्घटना मानिन्छ ।

इरानमा खमेनीको उदय
सन् १९७० मा इरानमा आयोतोल्लाह खमेनी त्यहाँको राष्ट्रपति बनेका थिए ।  धार्मिक नेता खमेनी सन् १९७९ को इरान क्रान्तिको समयका मुख्य नेता थिए ।

पहिलोपटक नियोन लाइटको आविष्कार
सन् १९१० मा पहिलो पटक नियोन लाइट सार्वजनिक गरिएको थियो । अधिकांंश सहरी क्षेत्रमा देखिने यो लाइटको फ्रान्सेली इन्जिनियर जर्ज क्लाउडेले पहिलो पटक आविष्कार गरेका थिए । ती लाइटलाई पहिलो पटक पेरिस मोटर सोमा प्रदर्शन गरिएको थियो ।

अमेरिकाको २१ औँ राज्य इलिनोइस
सन् १८१८ को ३ डिसेम्बरमा मध्यपश्चिमी राज्य इलिनोइस अमेरिकामा आबद्ध भएको थियो । इलिनोइस अमेरिकामा आबद्ध हुने २१ औं राज्य हो । तीनवटा अमेरिकी राष्ट्रपतिले इलिनोइसलाई आफ्नो गृहराज्य बताउँदै आएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार