तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

विश्व एड्स दिवस 

आज ३४ औँ विश्व एड्स दिवसः सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्व एड्स दिवस मनाउने गरिन्छ । 

विश्व एड्स दिवसको वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । अहिलेसम्म तीन करोड २० लाख मानिसहरूको ज्यान लिएको एचआईभी अझै विश्वको प्रमुख स्वास्थ्य समस्या हो ।

नेपालमा एचआईभी एड्सको संक्रमणदरमा कमी हुँदै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले संक्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ ।

लेस्वियन सन्धि कार्यान्वयनमा

सन् २००९ मा लेस्वियन सन्धि कार्यान्वयनमा आएको थियो । युरोपेली मुलुकहरूको संविधानको आधारसमेत मानिने यो सन्धिलाई सन् २००७ मा १३ देशहरूले हस्ताक्षर गरेका थिए । लेस्वियन सन्धिले म्यास्ट्रिच र रोम सन्धिलाई संशोधन गरेको हो ।

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा

सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो । फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो ।

तेहरान सम्मेलन सम्पन्न

सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो । फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो ।

हाउस अफ कमनमा पहिलो महिला सांसद

नेन्सी एस्टर बेलायतको संसदको तल्लो सदन हाउस अफ कमनमा निर्वाचित हुने हुने पहिलो महिला हुन् । उनी सन् १९१९ को १ डिसेम्बरमा तल्लो सदनमा निर्वाचित भएकी थिइन् ।

 आइसल्यान्ड स्थापना

सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो । डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो । कानुनले आइसल्यान्डलाई सार्वभौम देशको मान्यता दिएको थियो । सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थपना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्थित्वमा थियो ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार