इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३० नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
प्यालेस्टाइनमा गृहयुद्ध
सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो । नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए । दुई ओटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा ग¥यो । युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो ।
शीतयुद्ध सुरु
सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो । मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो । आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो । खेल बराबरीमा समाप्त भएको थियो ।
माइकल ज्याक्सनको रेकर्ड
सन् १९८२ मा माइकल ज्याक्सनको गीतहरुको एलबम थ्रीलर विश्वव्यापी सार्वजनिक भएको थियो । सर्वाधिक बिक्री भएको भनिएको सो एलबमको नौ ओटा ट्र्याक छन् । एल्बमले ८ ओटा ग्र्यामी अवार्ड जितेको छ । सन् १९८४ मा वर्षको सर्वाधिक लोकप्रिय एलबम बनेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...