इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २९ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँःआज २९ नोभेम्बर ।
थाइल्यान्डमा साइलेन्ट कु
सन् १९५१ मा थाइल्यान्डको सेनाले देशको सत्ता हातमा लिएरको थियो । सत्ता हातमा लिएपछि सेनाले सन् १९३२ मा त्यहाँको संविधान पुनस्र्थापना गरेको थियो ।
दक्षिणी धुर्वमा पहिलो उडान
अमेरिकी अन्बेषक रिचार्ड बार्ड दक्षिणी पोलमा उड्ने पहिलो व्यक्ति हुन् । उनले सन् १९२९ को २९ नोभेम्बरमा १८ घन्टा लगाएर दक्षिणी पोलमा उडेका थिए । त्यसको तीन वर्षअघि बार्ड उत्तरी ध्रुवमा उडेका थिए । तर, उनले आफ्नो अभियान पूरा गरे वा गरेनन् भन्ने बारेमा अहिले पनि बहस चलिरहेको छ ।
बार्सीलोना फुटबल क्लबको स्थापना
सन् १८९९ मा फुटबलर हान्स ग्याम्परले अहिलेको चर्चित फुटबल क्लब बार्सिलोनाको स्थापना गरेका थिए । बार्कासमेत भनिने यो क्लब विश्वकै पाँच धनी फुटबल क्लबमध्येको एक हो । क्लबले चार पटक युरोपेली कप जित्नुका साथै सन् २०१५ सम्म पाँच पटक च्याम्पियन लिग विजेता बनेको थियो ।
प्यालेस्टाइन विभाजनका लागि संकल्प प्रस्ताव
सन् १९४७ मा राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजनका लागि संकल्प प्रस्ताव गरेको थियो । महासभाले प्यालेस्टाइनलाई अरब र यहुदी गरी दुई राज्मा विभाजन गर्ने प्रस्ताव ल्याएको थियो । तर, सो प्रस्ताव कार्यान्वयनमा भने आएको थिएन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...