इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २८ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
गणतन्त्र दक्षिण ओसेटिया घोषणा
सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो । ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो । रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र दक्षिण ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् ।
पूर्वी टिमोर स्वतन्त्रत
सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो । पूर्वी टिमोर लामो समयदेखि पोर्चुगलको अधिनमा थियो ।
मंगल ग्रहमा नासाको यान
सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो । मंगल ग्रहबाट तस्विर खिचेर पृथ्वीमा पठाउने यो पहिलो यान हो ।
तेहरानबारे सम्मेलन
सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले युरोप र एशियासँग कूटनीतिक कदम चाल्ने विषयमा छलफल भएको थियो । सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...