तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २६ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

विश्वको पहिलो छाल स्टेसन

विश्वकै पहिलो छाल स्टेसन सन् १९६६ मा फ्रान्समा खुलेको थियो । स्टेसनको उद्घाटन २६ अक्टोबरमा तत्कालीन राष्ट्रपति चाल्र्स डी गाउलीले गरेका थिए । यो अहिले पनि विश्वकै सबैभन्दा ठूलो छाल स्टेसन हो ।

मुम्बइमा अतिवादी हमला
सन् २००८ को २६ नोभम्बरमा मुम्बइमा अतिवादी हमला भएको थियो । पाकिस्तानस्थित अतिवादी समूह लस्कर ए तोइबाका लडाकुले मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध हमला गरेका थिए । तीन दिनसम्म भएका ती हमलामा १७४ जनाको मृत्यु ।

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइट
सन् १९६५ मा फ्रान्सले पृथ्वीको अक्षमा एउटा कृत्रिम स्याटलाइट एस्टेरिक्स पठाएको थियो । अमेरिका, रुस, बेलायत, क्यानडा र इटालीपछि पृथ्वीको अक्षमा कृत्रिम स्याटलाइट पठाउने फ्रान्स छैंटौं देश बनेको थियो । फ्रान्सेली लेखक रेने गोस्सिनीको हास्य पात्रको नाममा स्याटलाइट राखिएको थियो ।  

एउटा रहस्यमयी चोरी
सन् १९८३ मा बेलायतको एउटा भण्डारगृहमा एउटा रहस्यमय चोरी भएको थियो, जसको अहिलेसम्म पनि केही तथ्य बाहिर आउन सकेको छैन् । २६ नोभेम्बरमा हिथ्रो विमानस्थलको ब्रिंक म्याट भन्डारगृहबाट २ करोड ६० लाख युरो मूल्य बराबरको सुन, चाँदी र केही रकम चोरी भएको थियो । यो चोरी कान्ड अहिलेसम्म पनि रहस्यमय बनेको छ 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार