तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २५ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

फिडेल क्यास्ट्रोको निधन
आजकै दिन अर्थात सन् २०१६ को २५ नोभेम्बरमा क्युबाका नेता फिडेल क्यास्ट्रोका निधन भएको थियो । पश्चिमी गोलार्धमा क्युबालाई पहिलो कम्युनिस्ट देश बनाउन सफल क्यास्ट्रो ल्याटिन अमेरिकामा कम्युनिस्ट क्रान्तिका नायक हुन् । क्यास्ट्रोको ९० वर्षको उमेरमा राजधानीको एक अस्पतालमा निधन भएको हो । क्यास्ट्रो अमेरिकाले गरेका हजारौँ षडयन्त्रबाट बच्न सफल भएका थिए । 

ग्रीसमा सेनाको कु
सन् १९७३ मा ग्रीसको सेनाले कु गरी तत्कालिन राष्ट्रपति जर्ज पापाडोपोउस  सरकार बर्खास्त गरेको थियो । विद्यार्थीले नेतृत्व गरेको एथेन्स पोलिटेक्निक क्याम्पसको प्रदर्शन दमन गरेको एक सातापछि सेनाले निर्वाचित सरकार अपदस्थ गरेको थियो ।

तीन दिदी बहिनीको नरसंहार
डोमिनिकन रिपब्लिकका तत्कालिन तानाशाहा राफेल ट्रुजिलोको सरकारविरुद्ध तीन दिदी बहिनी प्याट्रिया, मिर्नभा, एन्टोनिया मिराबलले अभियान चलाएका थिए । सरकारको विरोध गरेको आरोपमा सन् १९६० को २५ नोभेम्बर अर्थात आजकै दिन तत्कालिन सरकारले उनीहरुको निर्मम हत्या गरेको थियो । सन् १९९५ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको घोषणा गरेको थियो ।

शताब्दीकै ठूलो आँधी
सन् १९५० मा अमेरिकामा शताब्दीकै ठूलो आँधी आएको थियो । एपालाचियान स्टोर्म नाम दिइएको सो आँधीले एपालचिया क्षेत्रमा ६० इन्च बाक्लो हिउँ परेको थियो । आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो । आँधीबाट १५० जनाको मृत्यु भएको थियो । आँधीपछि सो क्षेत्रमा अस्वभाविक तापक्रम बढेको थियो ।

इतिहासकै लामो रनिङ सो
सन् १९५२ मा लन्डनको वेस्ट इन्डमा इतिहासकै लामो रनिङ सो आयोजना गरिएको थियो । स्याहार गृहमा राखिएका बालक डेनिस ओ निलको मृत्युको स्मरणमा दौड आयोजना गरिएको थियो ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार