तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २४ नाेभेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

ढाकाको कपडा उद्योगमा आगलागी
सन् २०१२ मा बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो । एउटा कपडा कारखानामा लागेको आगलागीमा ११० जनाको मृत्यु हुनुको साथै २०० जना घाइते भएका थिए । कारखानामा विद्युत सर्ट भएर आगो लागेको थियो ।

रहस्यमय विमान अपहरण
सन् १९७१ मा अमेरिकी इतिहासमै एउटा रहस्यमय विमान अपहरण भएको थियो । डीबी कुपर नाम गरेका एक व्यक्तिले अमेरिकाको सियाटलबाट वासिंगटनका लागि उड्न लागेको एउटा विमान अपहरण गरेका थिए । यात्रुहरूलाई सियाटल विमानस्थलमा झारेपछि अपहरणकारीले दुई लाख डलर रकम मागेर विमान चालकलाई सो विमान मेक्सिकोतर्फ उडाउन बाध्य पारेका थिए । उनी आकाशबाटै प्यारासुटबाट हाम फालेर गायब भएका थिए । उनको बारेमा अहिलेसम्म केही पत्तो लागेको छैन् । स्केचबाहेक उनकाे तस्वीरसमेत कसैसँग छैन । 

केनेडीका हत्यारालाई गोली हानी मारियाे
अमेरिकाका ३५ औं राष्ट्रपति जोन अफ केनेडीका हत्यारा ली हार्भे ओसवाल्डको सन् १९६३ को २४ नोभम्बरमा हत्या भएको थियो । अनुसन्धानका लागि प्रहरीको एउटा गाडीमा लैजाने क्रममा ज्याक रुबे नाम गरेका एक व्यक्तिले उनलाको गोली हानेर हत्या गरेका थिए । उनको हत्याको समाचार टेलिभिजनमा लाईभ प्रसारण गरिएको थियो । ओसवाल्डले २२ नोभेम्बरमा केनेडीको हत्या गरेका थिए ।

ओरिजिन अफ स्पाइसेज प्रकाशन
सन् १८५९ मा चाल्र्स डार्विनको पुस्तक ओरिजिन अफ स्पाइसेज प्रकाशित भएको थियो । सदावहार लोकप्रिय सो पुस्तकले विकासको सिद्धान्त र प्राकृतिक छनौटको प्रकृयालाई व्याख्या गरेको छ । 
एको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार